जनकपुरमा जसपा कार्यकर्ताद्वारा राष्ट्रपति भण्डारीको पुतला दहन

न्यूज डेस्क     २०७९ श्रावण ३०, सोमबार २०:३९ बजे मा प्रकासित


जनकपुरधाम। नागरिकता विधेयक फिर्ता गरेको विरुद्धमा मधेस प्रदेशको राजधानी जनकपुर धाममा आज सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेको छ ।

जसपाका कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजि गर्दै पुतला दहन गरेको हो ।

राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध जसपाका स्थानीय नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

यस्तै, लोसपाले समेत नागरिकता विधेक फिर्ताको विरोधमा प्रदर्शन गरेका छन् । पार्टी कार्यालयबाट निकालिएको विरोध जुलुश नगरको बिभिन्न भाग परिक्रमा पश्चात पुन पार्टी कार्यालय पुगेका थिए ।

प्रतिक्रिया





Top