मनोज बनैता,सिराहा । सिरहाको लाहानमा एक एम्बुलेन्सबाट भारी मात्रामा प्रतिबन्धित गाजा बरामद भएको छ । गोप्य सूचनाको आधारमा एक एम्बुलेन्सको खानतलासी गर्दा ९० किलो गाजा बरामद भएको हो ।
ईप्रका लाहानका ईन्चार्ज डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले प्रतिबन्धित गाजा बरामद गरेको हो ।
एम्बुलेन्स, एम्बुलेन्स चालक गाजा सहित पक्राउ परेको एक स्रोतको दावी रहेको छ । डिएसपी मैनालीले अनुसन्धान जारी रहेको छ बताए अन्य विवरण जिल्लाले दिने बताए।








प्रतिक्रिया