निहारिकासँग प्रेम सम्बन्ध रहेको शिवराज श्रेष्ठ परे पक्राउ

न्यूज डेस्क     २०७९ भाद्र १, बुधबार ०७:१५ बजे मा प्रकासित


जनकपुरधाम। जलेश्वरकी निहारिका राजपुत (सोनालीकुमारी सिंह)ले बलात्कारको आरोप लगाएका धनुषा क्षिरेश्वरनाथ नगरपालिका-३ महेन्द्रनगरका शिवराज श्रेष्ठ पक्राउ परेका छन्।

उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए ।

आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आएकी राजपूतले आरोपी शिवराज श्रेष्ठलाई कारबाहीको माग गर्दै सन्तानको डिएनए परीक्षणको माग गर्दै आएकी छिन् ।

काठमाडौँको माइतीघर मण्डला र वसन्तपुरमा यसअघि आमरण अनशनमा बसेकी उनले पछिल्लो समय राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयाससमेत गरेकी थिइन् ।

पछिल्लो समय निहारिका र शिवराज प्रेम सम्बन्धमा रहेको बेला खिचेको तस्बिरहरू समाजिक सञ्जालमा भाइरल भइरहे छ ।

यो पनि…

निहारिकासँग प्रेम सम्बन्ध रहेको शिवराजले स्वीकारे, भने- ‘डीएनए परीक्षण गर्न रेडी छु’
https://madheshpati.com/2022/08/15/6626/

प्रतिक्रिया





Top