रामायण सर्किट जोड्ने रेल फेरी जनकपुरधाम आउँदै

मधेशपाटी अनलाइन     २०७९ भाद्र २, बिहीबार ०८:३६ बजे मा प्रकासित


जनकपुरधाम। ‘भारत गौरव पर्यटक रेल’ रेल फेरि जनकपुरधाम आउन लागेको छ ।

गत असार ९ गते उक्त रेल ४ सय ९९ भारतीय धार्मिक पर्यटक बोकेर जनकपुरधाम आएको थियो । सो रेलमा १४ वटा डिब्बाहरु छन् । रेलको दुईवटा डिब्बामा योगसम्बन्धी तस्विर कोरिएका छ । रेलका बोगीका बाहिरी भागमा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायतका बहुरुपी झल्किने गरी राखिएको चित्र आकर्षित सबैलाई गर्ने गरेको छ । पहिलो पटक भारतको राजधानी नयाँदिल्लीबाट अयोध्या हुँदै पूर्वोत्तर सीमास्थित भारतीय सहर जयनगरबाट जनकपुरधाम आइपुगेको रेलमा सबै जना धार्मिक पर्यटकहरु आएका थिए । प्याकेजमा आएका पर्यटकहरुको होटल, लज, धर्मशालालगायत आवास र खानाको व्यवस्थापन उनीहरुले नै मिलाएका थिए । महाप्रबन्धक निरन्जनकुमार झाका अनुसार सोही रेल भदौ ११ गते साँझ ६ः३० बजेको समयमा जनकपुरधाममा फेरि आउन लागेको छ । आउन लागेको सो रेलमा यात्रा गर्ने धार्मिक यात्रीहरुको बुकिङ्ग भइरहेको उनले बताए ।

बुकिङ्ग पुरा भइसकेपछि मात्र यात्रु संख्या यकिन हुने उनले जानकारी दिए । रामायण सर्किटसँग सम्बन्धित अयोध्या, नन्दीग्राम, सीतामढी, बनारस, प्रयागराज, चित्रकुट, पंचवटी (नासिक), हम्पी, रामेश्वरम् र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरधामस्थित धार्मिक क्षेत्रलाई जोड्न २०७८ असारमा आइपुगेको धार्मिक यात्रीको यात्रालाई निरन्तरता दिन आफूले पहल गरेपछि ‘भारत गौरव पर्यटक रेल’ फेरि आउने निश्चित भएको महाप्रबन्धक झाले बताए । अन्तर्राष्ट्रिय सीमा पार गरी समग्र रुपमा पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले जनकपुरधाममा यो दोस्रो पटक आउन लागेको हो । यहाँ आइसकेपछि धार्मिक पर्यटकहरु जनकपुरधामस्थित जानकी मन्दिर, गंगा आरती, धनुषाधाम, मणिमण्डप, संकटमोचनलगायत धार्मिक स्थलहरुको दर्शन गर्ने महाप्रबन्धक झाले भने, पहिलो पटक जसरी ‘भारत गौरव पर्यटक रेल’ मा भारतीय धार्मिक यात्रुहरु आएर धार्मिक लाभ लिएका थिए, त्यसरी नै यसपटक पनि आउनेछन् ।

प्रतिक्रिया





Top