प्रहरीको दादागिरी: व्यवसायी र स्थानीयलाई लखेटि-लखेटि कुटपिट

न्यूज डेस्क     २०७९ भाद्र ६, सोमबार १२:११ बजे मा प्रकासित


 

सिरहा। सिरहाको मिर्चैया र कल्याणपुरमा दिनदहाडै चोरीका घट्नाहरुले स्थानिय र व्यवसाय त्रसित छन् । तर चोरलाई समातेर आवश्यक कार्यवाहि गर्नुभन्दा विभिन्न् क्षेत्रका व्यक्तिहरु माथि कसरी दमन गर्ने कम्मर कसेर लागि परेका छन् । आइतबार साँझ धुवाँ, धुलो र प्रदुशनले आजित भएका मिर्चैयाका व्यवसायहरु शान्तीपुर्ण आन्दोलन गर्न खोज्दा व्यवसायीहरुलाई नै टाउको फुटाउने गरि निर्धात कुटपिट गरेको हो । यसअघि समाचार संकलनका लागि मिर्चैयाको शौर्य सिमेन्ट उधोग पुगेका रेडियो गंगाजलको समाचारदाताहरु माथि समेत कुटपिट गरेको थियो । प्रहरीले पसल भित्रै प्रवेश गरेर व्यवसायी र स्थानियहरुलाई कुटपिट गरेको भिडियो समेत सार्वजानिक भएको छ ।
सिरहाको मिर्चैया एक समयमा व्यवारी नगरि र शान्ती सफा क्षेत्रको रुपमा परिचित भएको अवस्थामा अहिले मिर्चैयामा न त व्यपार गर्न रुचाउछन् नत स्थानियहरु मिर्चैया गएर किनमेल गर्न रुचाइ रहेका छन् । मिर्चैयामा भएको चोरीको घट्नाहरुले त्यहाँका स्थानिय र व्यवसायी त्रसित रहेकै अवस्थामा मिर्चैया वासिका लागि धुलो धुवा थप समस्याका रुपमा खडाभएपछि त्यस समाधानको उपाय खोज्दा प्रहरी दमन भएको रामनगर मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष हरिशंकर साहले बताए ।
यस घट्नामा दुखद तवरले प्रहरी दमन भएको भन्दै रामनगर मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष साहले दोषी उपर कारवाही हुनुपर्ने भन्दै प्रेस विज्ञप्ती समेत निकालेका छन् । प्रेस विज्ञप्तीमा व्यवसाय र स्थानियहरुलाई पसलहरुमा गएर कुटपिट गरेको बताएका छन् ।

सिरहाको मिर्चैया सडक खण्डमा धुवाँ,धुलो र हिलोका कारण आजित पिडित भइरहेका व्यवसायी समाज स्थानीय बासी लगायतका व्यक्तित्वहरूको शान्तिपूर्ण आन्दोलनका क्रममा नेपाल प्रहरी र शस्त्र प्रहरीहरूको टोलि द्वारा व्यवसायी र स्थानीय माथि अन्धाधुन्ध किसिमले पसल भित्र गई व्यवसायी र स्थानीय बासिहरूलाई लखेटि लखेटि कुटपिट गरेको र र्दुव्यहार गरेको घाइते बनाएको बताएका छन् । घाइते हुनेमा रामनगर मिर्चैया उधोग वाणिज्य संघका सचिव भरत माहासेठ र जेएम होटलका कामदार अजय पासवान रहेका छ । घाइतेहरूलाई टाउको र शरिरका विभिन्न अंगमा हड्डी भाच्नेगरि कुटपिट गरेको अहिले उनिहरूलाई उपचारको लागि स्थानीय होस्पीटलले रेफर गरेर बिराटनगर उपचारका लागि पठाएको छ ।

उक्त घटनाका दोषिलाई कार्यवाहिको माग गर्दे आज सोमवार विहान ८ बजे देखि साँझ ६ बजे सम्म एक दिनका लागि मिर्चैयाका सम्पूर्ण व्यवसायी बन्द गरि थप चरणबद्ध आन्दोलन गर्ने रामनगर मिर्चैया उद्योग वाणिज्य संघले बताएका छन् ।
यसै विषयमा इलाका प्रहरी कार्यालय मिर्चैया संग बुझ्दा आफुहरुले कुनै प्रकारको दमन नगरेको बताए । पुर्वपश्चिम राजमार्ग अबरोध हुनेगरि सडकमा जाम गर्ने र प्रहरी माथि ढुगां समेत हानेको छ त्यसै अवस्थामा हाम्रो एक जना हवलदारलाई ढुंगाले चोट लागेपछि हामीले जाम हटाउने काम मात्र गरेको कुनै प्रकारले हामीले कुटपिट नगरेको रेडियो गंगाजल संग कुरा गर्दै इन्सपेक्टर सोनु कुमार साहले बताए ।

 

 

प्रतिक्रिया





Top