धनुषामा उपमेयर चढेका गाडीले ठक्कर दिँदा एकको अवस्था चिन्ताजनक

न्यूज डेस्क     २०७९ भाद्र ९, बिहीबार ०६:१६ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको औरही गाउँपालिकास्थित हुलाकी राजमार्गमा एक पालिकाको गाडीले ठक्कर दिएपछि एक जना मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

प्रदेश–२–०२ ००१ भ्m ००४२ नम्बरको विदेह नगरपालिकाको गाडीले ठक्कर दिँदा ज.१२प ८६६३ नम्बरको मोटरसाइकल चालक औरही गाउँपालिकाको पोखरभिरा निवासी २७ बर्षीय पुरन मण्डल घाइते भएका हुन् ।

गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन ।

जनकपुरधामबाट जाँदै गरेको उक्त गाडीले विपरित दिशातर्फ आउँदै गरेका मण्डल सबार मोटरसाइकललाई ठक्कर दिएको हो । गाडीमा विदेह नगरपालिकाकी उप मेयर सबार थिइन् ।

प्रतिक्रिया





Top