धनुषाको सबैलाबाट अवैध काठ र ट्याक्टर सहित एक मान्छे पक्राउ

न्यूज डेस्क     २०७९ भाद्र १०, शुक्रबार ०७:१६ बजे मा प्रकासित


महेश कु.राय। सबैला(धनुषा)। जिल्लाको सबैलामा बुधबार राती अबैध काठ र ट्याक्टर सहित एक जना मान्छेलाई नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय सबैलाबाट गस्तिमा खटि गएको प्रहरी टोलीले न.पा वड नं ०२ स्थितमा नम्बर उल्लेख नभएको सोनालिका कम्पनीको ट्रेक्टर सहितको टेलारीमा सिसो प्रजातीको ( ४० क्यु.फिट ) काठ लोड गरी जिल्ला धनुषा सबैला नगरपालिका वडा नं. ०१ बस्ने बर्ष ३५ को राम एकवाल यादवले लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा काठ र ट्रेक्टर गरी अं. मुल्य रू. ५,२०,०००।- बराबरको समान तथा मानिस समेतलाई नियन्त्रणमा लिई रितपुर्वक बरामद गरि आवश्यक कार्वाहीको लागी सव डिभिजन वन कार्यालय धनुषाधाममा पठाईएको छ।

 

यसरी हुन्छ तस्करी:

यो क्षेत्र वरिपरिमा कहिकत्तै यस्ता खाले पुरानो र गठिलो सिसौ छैन।पटेर्वा नर्सरीमा मात्र पाइने यो खाले सिसौ कटानिमा तस्कर समुह छ महिनासम्म लगाउछन,टोनि र गोलिया बनाउछन, चित समय मिलेपछि तस्कर समुहमै सामिल रहेको ब्यक्तिको फर्निचरमा सामान जम्मा गर्छन र प्रहरी प्रसासन तथा कसैको नजर नपर्ने समयमा ट्र्याक्टरमा लोड गरी चोरिनिकासि गर्छन।

प्रतिक्रिया





Top