मधेश सरकारद्वारा निहारिका राजपुतलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय

न्यूज डेस्क     २०७९ भाद्र १०, शुक्रबार १४:३२ बजे मा प्रकासित


जनकपुरधाम। आफूलाई बलात्कार पेट बोकाउने पुरुषमाथि कारबाहीको माग गर्दै लामो समय अनशनमा रहेकी महोत्तरीकी निहारिका सिंह राजपुतलाई मधेश प्रदेश सरकारले ५ लाख रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

शुक्रबार (आज) बसेको मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्‌को निर्णयबाट न्यायाका लागि संघर्ष गरिरहेकी निहारिका राजपुतलाई कानूनी लडाईका लागी कानूनी तथा आर्थिक सहयोग गर्नका लागी माननीय मुख्य न्यायाधिवक्ताज्यूको सिफारिसमा रु ५,००,०००। (अक्षरेपी पाँच लाख रुपैया) दिने निर्णय गरेको छ ।

निहारिका १७ वर्षकी नाबालिग हुँदा उनीमाथी जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउदैँ आएकी छन्। उनले डिएनए परिक्षणको मांग गर्दै लामो समयसम्म धर्नामा बसेपश्चात अदालतले डिएनए परिक्षण गर्न आदेश दिएको छ ।

प्रतिक्रिया





Top