जनकपुरधाम। मधेस प्रदेशको प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले प्रदेशसभाको संसदीय अनुगमन विशेष समितिको सदस्य पदबाट राजीनामा दिदै भनिन समितिमा सत्तापक्षकै हालीमुहाली भयाे राजीनामा दिएकी हुन ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट प्रदेशसभा सदस्य रहेकी शर्माले समितिमा सत्तापक्षकै बहुमत रहेको र सत्तापक्षले गरेका कामहरुको अनुगमन गर्ने क्रममा सरकारले समितिलाई असहयोग गरेको भन्दै आफूले पदबाट राजीनामा दिएको बताएकी छन् ।
उनले सरकारले नै यो समितिले काम गर्न नसकोस् भनेर चाहिरहेको अवस्थामा आफूले यसमा बसि रहनुपर्ने कुनै औचित्य नदेखेकोसमेत बताइन् । तिवारीले अनुगमनको क्रममा सम्बन्धित मन्त्रालयहरुले समितिलाई आवश्यक कागजातहरु समयमा उपलब्ध नगराएको आरोप लगाएकी छन् ।
१५ दिनका लागि बनेको यो समितिमा सत्तापक्षकै सांसदहरुको हालीमुहाली रहेको र बैठक बस्न समेत आनाकानी भइरहेकोले काम गर्न सक्ने वातावरण नै नभएको सांसद तिवारीको भनाइ छ । उनले भनिन्, ‘सप्तरीको सिँचाई डिभिजन कार्यालयले पाएको २० करोड थप रकमका योजनाहरु अधिकार क्षेत्रभन्दा बाहिर गई रकम टुक्रा टुक्रा पारी योजना संचालन गरेको थियो ।
यसरी रकमलाई सानो सानो टुक्रामा योजना संचालन गरेकोमा अनियमितता भएको देखिन्छ । उक्त विषयमा निष्पक्ष अनुगमन गर्न समितिका सत्तापक्षीय सदस्यहरु सकारात्मक नरहेकोले बैठकहरू समेत समयमा बस्ने अवस्था थिएन ।’
सभामुख सरोजकुमार यादवले उपसभामुख उपमाकुमारी देवको संयोजकत्वमा ८ सदस्यीय छानबिन समिति गठन गरेका थिए । समितिको सदस्यमा प्रदेशसभा सदस्य विन्देश्वरप्रसाद यादव, शिवचन्द्र चौधरी, रानी शर्मा तिवारी, अशोककुमार यादव, किशोरी साह कमल, रामकुमार यादव र सावित्री देवी साह रहेका थिए ।








प्रतिक्रिया