टिकटक’मा फेफरा र मुटु बाडदै हिडेकी यी दुवै दिदीबहिनीको `Id-block´

न्यूज डेस्क     २०७९ भाद्र १३, सोमबार ०६:०६ बजे मा प्रकासित


जनकपुरधाम । टिकटकमा नाच्दै आएकी जलेश्वरकी यी दुई दिदीबहिनीको टिकटक आईडी बैन गरिदिएको हाे । साे टिकटक बैन सँघर्ष समितिले गराएको छ ।

नेपालमा टिकटक बैन सँघर्ष समितिले केही दिन अगाडी महोत्तरीको सिडिओ र एसपीलाई टिकटक बैनको लागि ज्ञापन पत्र बुझाएको थियो ।

टिकटकमा अश्लिल गीतहरुमा नाच्दै वर्तमान समाजलाई अपच हुने खालको कामुक कुराहरु गरेर भिडियो बनाउने दुवै दिदीबहिनीको आईडी टिकटकले बन्द गरिदिएको छ ।

केटाहरुलाई लाईभमा बोलाउन “हमर फेफरा, हमर मुटु” जस्ता शब्दहरु भनेर कामुक कुराहरु गर्ने जलेश्वर बस्ने सोनाली मण्डल र सोनम मण्डललको आईडी टिकटकले बैन गरिदिएको हो ।

टिकटकमा केही पैसा कमाउनको लागि विदेश बस्ने युवकहरुसँग कामुक कुराहरु गरेर गिफ्ट लिने प्रवृति टिकटकमा देखिएको छ ।

टिकटकले गर्दा वर्तमान समाजलाई विकृतिको खाल्डोमा पुरयाइदिएको छ भने शिक्षाको स्तर दिनानुदिन न्यून हुँदै गएको छ । पहिला अध्ययन अध्ययापन गर्ने विद्यार्थीहरु अहिले पढाई लेखाई छाडेर मात्र टिकटकमा दिनरात लागिरहेको देखिएको छ ।

टिकटक बैन सँघर्ष समितिले जलेश्वरबाट दुई दिदीबहिनीको टिकटक आईडी बैन गरेपछि अब अर्का टिकटकको आईडी बैन गर्नको लागि सँघर्ष गरिरहेको बताइएको छ।

प्रतिक्रिया





Top