मेयर पदको मर्यादा भुसुक्कै भुल्न थालेपछि नमज्जाले फस्ने संकेत देखिन थालेपछि…

न्यूज डेस्क     २०७९ भाद्र १३, सोमबार १२:०९ बजे मा प्रकासित


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ऐतिहासिक कामको सुरुवात गरेका छन् तर उनले मेयर पदको मर्यादा भुसुक्कै भुल्न थालेपछि नमज्जाले फस्ने संकेत देखिन थालेका छन् ।

सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी संगठनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा मागेको हो ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस (धरान) का अध्यक्ष अभाष अधिकारीले सोमबार विज्ञप्ति जारी गरी मेयर साम्पाङको राजीनामा मागेका हुन्।

मेयर साम्पाङले सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको तथा इन्जिनियरहरूको मानमर्दन गरेको आरोप संगठनले लगाएको छ। राजीनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी पनि उसले दिएको छ। केही दिनअगाडि अगाडी धरानका मेयर साम्पाङले काठडौंका मेयर बालेन्द्र शाहप्रति लक्ष्य गर्दै इन्जिनियरहरूलाई कटाक्ष गरेका थिए।

‘सामाजिक सञ्जालमा अत्यधिक दम्भ र आफूबाहेक अरू कोही पनि सक्षम नरहेझैँ शैलीमा इन्जिनियरको क्षमता र इन्जिनियरिङ पेसाप्रति धरानका नगर प्रमुखद्वारा गरिएको अपमानपूर्ण टिप्पणीप्रति राप्रवि संगठन घोर भर्त्सना र विरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

छिमेकी देश भारतमा इन्जिनियरिङ पेसाबाट उदाएका अरबिन्द केजरिवाल राजनीतिमा प्रवेश गरेसँगै नयाँ दिल्लीमा भएको विकासलाई उदाहरण दिँदै धरानका मेयरलाई मर्यादित बन्न आग्रह गरिएको छ। मेयर साम्पाङको तुच्छ शब्दले विवेकशीलता, कूटनीतिक क्षमता र बोलीको परिपक्वतामा प्रश्न उठेको राप्रवि संगठनले उल्लेख गरेको छ।

मेयर हर्क साम्पाङ राईले राजनिती गर्ने व्याक्तिले समाजलाई कसरी बनाउने भन्ने कुरा बुझेर आउनुपर्ने बताए । मेयर साम्पाङले समाज बुझ्नेले मात्रै राजनिती गर्न पनि आग्रह गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति टिप्पणी गर्दै मेयर साम्पाङले इन्जिनियरहरुले राजनिती गर्ननजान्ने बताए ।

‘इन्जिनियर भनेको त एउटा प्राविधिक हो । उसले प्राविधिक काम गर्ने हो । उसले राजनितीमा आएर निती बनाउन सक्दैन ।’ उनले भने ।
ढुंगा बोक्नेले इन्जिनियरलाई सिकायो भन्ने सामाजिक सञ्जालको टिप्पणीमा मेयर साम्पाङले भने ‘मैले समाजशास्त्रमा स्नातक गरेको छु । तर इन्जिनियरले समाज बुझ्न सक्दैन ।’ इन्जिनियरले घर बनाउन सक्ने तर समाज बनाउन नसक्ने उनको भनाई छ ।

उनले देशको अवस्थाको सन्देश दिने ठाउँ काठमाडौं भएकाले काठमाडौंको फोहोर हटाउनुपर्ने बताए । ‘काठमाडौं देशको मुहार हो । त्यो मुहार सफा राख्नुपर्यो नी । मुहारमा कालो दलेको छ भने शरिरको अन्य भाग सफा भएर अर्थ रहदैन ।’ उनले भने ।

 

प्रतिक्रिया





Top