महानगरको डोजर न्युरोडमा आउने भएपछि व्यापारीहरुको भागाभाग

न्यूज डेस्क     २०७९ भाद्र १३, सोमबार १२:४६ बजे मा प्रकासित


काठमाडौ। काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधिकृत संरचना भत्काउ लागेको छ ।

अर्केडमा बनाएको अनधिकृत सरचना भत्काउन महानगरपालिले दुई वटा डोजर तयार गरिएको छ । डोजर लिएर केही समयमै पुग्ने महानगर प्रहरीले जनाएको छ । महानगरको डोजर आउने भएपछि व्यापारीहरुको भागाभाग भएको छ ।

महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ । मेयर बालेन्द्र साह ९बालेन० आफैं पुगेर ठाउँका संरचनाहरू भत्काएका थिए ।

 

प्रतिक्रिया





Top