पाकिस्तानमा डुङ्गा पल्टिँदा ७ जनाको ज्यान गयो, १३ जना अझै बेपत्ता

न्यूज डेस्क     २०७९ भाद्र १४, मंगलवार ०९:१२ बजे मा प्रकासित


पाकिस्तानमा डुङ्गा पल्टिँदा ७ जनाको ज्यान गएको छ।

दक्षिणी सिन्धु प्रान्त सेहवान सरिफ क्षेत्रमा भएको दुर्घटनामा बालबालिकासहित सात जनाको ज्यान गएको हो । डुङ्गा पल्टिँदा १३ जना बेपत्ता भएका छन् ।

डुङ्गा सिन्धु नदीमा बाढीको बहावमा फसेपछि पल्टिएको खबरमा उल्लेख छ ।  नदीमा बेपत्ता भएकाहरुको खोजी भइरहेको छ ।

मनसुनी वर्षाका कारण पाकिस्तानमा नदी तथा समथर भूभागमा बाढी आएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार देशका ७२ जिल्लालाई आपत्काल घोषणा गरिएको छ भने ३ करोड ३० लाखभन्दा बढी जनसङ्ख्या बाढीबाट प्रभावित भएका छन् ।

 

प्रतिक्रिया





Top