धनुषा। धनुषाको सवैला नगरपालिका वडा नम्बर ३ स्थित सवैला बजारमा दिलिप कुमार साहले जुता र पान पसल संचालन गरि वसेको अवस्थामा गत बर्षको असोज महिनाको २८ गते रातीमा ज्यान मार्ने गरी लुटपाट गरेको आरोपमा मुद्दा दायर भएको थियो ।
राति पसल भित्र प्रवेश गरि ज्यानै मार्ने उदेश्यले कुटपिट गरि सख्त घाईते बनाई पसल भित्र रहेको धनमाल समेत लुटी फरार रहेको ूज्यान मार्ने उधोग र डाँका मुद्दाू मा अनुसन्धानको क्रममा फरार रहेका प्रतिवादीहरुलाई खोजतलास गर्दै जाने क्रममा पक्राउ परेको हो ।
ईलाक प्रहरी कार्यालय सवैला धनुषाबाट खटिएको टोलीले मँगलबार साँझ करिब ७ बजेको समयमा प्रतिवादीहरू मध्ये जिल्ला धनुषा सवैला नगरपालिका वडा नम्बर १ बस्ने वर्ष २० को चन्दु भन्ने चन्द शेखर यादवलाई उनकै घरबाट पक्राउ गरेको हो ।
यादवलाई उनकै घरबाट फेला पारी नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि धनुषा जिल्ला अदालतमा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।








प्रतिक्रिया