महेश कु.राय, धनुषा(सबैला)। जिल्लाकै सबभन्दा ठुलो नगरपालिकाका रूपमा रहेका सबैलामा भब्य माँ दुर्गा भवानी मेलाको बसकट्टी विधिवत रुपमा शुभारम्भ भएको छ ।
प्रत्येक वर्ष जस्तै विजया दशमीमा लाग्ने भब्य मेलाको विधी अनुसार बुधबार विशेष विधीपुर्वक सबैलाको माँ दुर्गा मन्दिर अगाडि ध्वजा गाडिएको हो।
नजिकैको फुलवारीमा साधुसन्त र पुरोहित सहित श्री श्री १०८ माँ दुर्गा भवानी प्रतिष्ठान सबैलाका सचिव नथुनी यादव (हरेराम) को अगुवाईमा विधिपुर्वक बसकट्टी विधि गरि मन्दिरको अगाडि ध्वजा स्थापित गरिएको हो ।
मन्दिर भन्दा २ किलोमिटर दक्षिण तर्फको चौरीबाट बसकट्टी गरिएको हो ।बसकट्टी गरेर मन्दिर बाहिर बुधबार स्थापना गरेको हो । दुर्गा पुजा भन्दा एक महिना पुर्व नै बसकट्टी गरेर स्थापना गर्ने यहाँको चलन रहेको प्रतिष्ठानका सचिब यादवले बताए । उनले पुर्वजकाल देखी नै यस स्थानमा दुर्गा पुजा भव्य रुपमा हुने गरेको बताए । विधिवत रुपमा आजदेखी नै पुजा सुरु भएको जानकारी उनले दिए ।
आजैको दिन देखी मन्दिरमा दुर्गा पुजासम्म विभिन्न पुजापाठ हुने गरेको समेत उनले जानकारी गराएका हुन । यहाँको दुर्गा पुजामा मित्र राष्ट्र भारत र नेपालको विभिन्न ठाउँबाट दर्शनार्थीहरु दर्शन गर्न आउने गरेको सचिब यादवले बताए । मुख्य त सप्तमी, अष्टमी, नौवमी र दशमीका दिन विषेश भीडभाड हुने गरेको सचिव यादवले बताउँदै पुजाको अवसरमा भजन संध्यया, सांस्कृति प्रोग्राम लगायतका कार्यक्रम हुने गरेका छन् । आयोजित बसकट्टी कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी तथा स्थानीय पुरुष र महिलाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।








प्रतिक्रिया