जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर २ र ३ को कार्यलयमा मजदुरहरुले तालाबन्दी गरेका छन। ज्याला नपाएपछि वडा कार्यालयमा मजदुरले गरिदिए तालाबन्दी गरेका छन ।
स्थानीय निर्वाचन २०७९ मा निर्वाचित भएका सबैला नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कारिराम यादवले प्रत्येक वडामा लामखुट्टे मार्नको लागि औषधि छर्कन निर्देश दिएपछि वडा अध्यक्षहरुले आआफ्नो वाडमा धमाधम कार्य संचालन गरेका थिए।सोहि क्रममा नगरपालिकाकै वाडा नम्बर २र ३मा वाडा अध्यक्ष ताहिर हुसेन मिया र मुकेश पुर्वेको निर्देशनमा काम गरेका मजदुरहरुलाई वाडा अध्यक्षले २महिना देखि मजदुरी दिनमा आनाकानी गरिरहेको र काम गरेको मजदुरी माग्न जादा आफु संग पैसा नरहेको प्रक्रिया दिदा आफुहरु बाध्य भएर कार्यलमा तालाबन्दी गरेको मजदुरले हामिलाई बताएका छन।
सबैलामा १ देखि ३सम्मको वाडा कार्यलय एउटा भवनमा संचालन रहेको र मजदुरहरुले तालाबन्दी गरिदिएपछि वाडा नम्बर १लाई समेत समस्या भोग्नु परेको अध्यक्ष मिथिला साहले बताए। मजदुरको समस्या चाडै समाधान गर्न दुबै वाडा अध्यक्ष संग अनुरोध समेत गरेका छन।
यता मजदुरहरुको मजदुरी समयमा किन नदिएको बिषयमा वाडा नम्बर २को अध्यक्ष र वाडा नम्बर ३को अध्यक्ष संग प्रतिक्रिया लिदा।आफुहरुले नगर प्रमुखको निर्देशनमा काम गराएको हो,नगर प्रमुख कारिराम यादवले मजदुरको पैसा ८दिन भित्रमा उपलब्ध गराइदिने सहमति भए पछि मात्र काम गराएको तर नगर प्रमुखले अहिलेसम्म आफुहरुलाई पैसा नदिएको मजदुरलाई रकम दिन ढिलो भए अध्यक्षले हामिलाई बताएका छन।
पुर्व नगर प्रमुख बिजय शंकर प्रसाद साहले खरिद गरेको औषधिको म्याद सक्न लागेपछि चाडै औषधि छर्न कार्यपालिकाबाट निर्णय गरेको वडा १ देखि १३सम्मको वडा अध्यक्षलाई औषधि छर्न निर्देश दिए पनि २देखि १२सम्मको वाडाहरुमा अध्यक्षहरुकै नेतृत्वमा औषधि छरिएको र वाडा नम्बर १को अध्यक्षले अहिलेसम्म आफ्नो वाडामा औषधि छरिएको छैन भने त्यो वाडको औषधि अझै कार्यलयमै रहेको नगर प्रमुख कारिराम यादवले बताएका छन ।
२,३,४,११,१२,१३,सम्मको वाडामा औषधि छर्न काम गरेको मजदुरहरुले मजदुर पाउन सकेको छैन नगर प्रमुख यादवले बताए यता नगरपालिकाको खाता समेत नखुलेको र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत समेत नरहेकोले मजदुरको मजदुरी दिनमा समस्या भएको र आफु चाडै मजदुरहरुको समस्या सावधान गर्ने सबैलाको नगर प्रमुख कारिराम यादवले बताएका छन ।








प्रतिक्रिया