घरायसी विवाद : खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

न्यूज डेस्क     २०७९ भाद्र १७, शुक्रबार १३:१७ बजे मा प्रकासित


 

पोखरा–१४ छिनडाडामा घरायसी विवादका कारण श्रीमानले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्।

विवादका कारण शुक्रबार बिहान स्थानीय लोकबहादुर गुरूङले उनकी श्रीमती विमला गुरूङलाई खुकुरी प्रहार गरेर हत्या गरेको कास्की प्रहरीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार श्रीमतीको हत्यापश्चात् श्रीमान लोकबहादुरले आफ्नो पेटमा पनि खुकरी हानेका थिए।

‘बिहान साढे ८ बजेतिर श्रीमानले श्रीमतीको टाउकोमा खकुरी प्रहार गरेछन्’, प्रहरी निरीक्षक खड्काले भने, ‘श्रीमानले त्यही खुकुरी आफ्नो पेटमा हानेर गम्भीर घाइते छन्।’

उनका अनुसार लोकबहादुरको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

घटनाका कारणबारे विस्तृत अनुसन्धान भइरहेको खड्काले जानकारी दिए।

प्रतिक्रिया





Top