जनकपुर : प्रहरीकै राेहबरमा प्रतिबन्धीत अश्ल्लि ओरेकेष्ट्रा नाच सँचालन (भिडियो)

न्यूज डेस्क     २०७९ भाद्र १८, शनिबार ११:०७ बजे मा प्रकासित


जनकपुरधाम । धनुषामा प्रहरीको रोहबरमा प्रतिबन्धीत ओरकेष्ट्रा (केटी नाच) नचाइएको छ ।धनौजी गाउँपालिका वडा नम्बर ४ भररिया (अडाटोल ) रहेका प्रहरी चौकी अगाडि ओरकेष्ट्रा नचाइएको छ।धनुषामा प्रतिवन्ध रहेको केटी नाच अर्थात ओरकेष्ट्रामा अश्लिल गीतहरुमा नाच्दै गरेको देखिए ।

ईलाका प्रहरी कार्यालय औरहिको मतहतमा रहेको भररिया प्रहरी चौकीका असई एवम् ईन्चार्ज राम लक्षण यादवले आफैँ रोहबरमा बसेर धनुषा प्रशासनले प्रतिबन्ध गरेको ओरकेष्ट्रा नचाएका छन् ।प्रहरीले हुने अश्लिल ओरकेष्ट्रा नियन्त्रण भन्दा पनि नचाउनको लागि आफैँ उपस्थित भएर हेर्न थालेपछि प्रहरीमाथिको विश्वास समेत गुमेको छ । प्रहरी ईन्चार्ज आफैँ बसेर ओरकेष्ट्रामा सरिक भए ।ओरकेष्ट्रामा चलाएको अति अश्लिल मानिएको “।

यस्ता कार्यक्रम धनुषा प्रशासनले प्रतिबन्ध लगाएको छ भने गुनासोको आधारमा नियन्त्रणको प्रयास जारी छ।सो क्रममा प्रहरी चौकी भररियाका असई राम लक्षण यादवले भने कार्यक्रम भएको स्वीकारे । उनले सो ठाउँमा धार्मिक कार्यक्रम मात्र भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया





Top