जनकपुरः उल्टै वृद्धलाई कुटेर पीडकले नै हाले मुद्दा, वृद्ध २ दिनदेखि थुनामा

न्यूज डेस्क     २०७९ भाद्र १८, शनिबार १४:४४ बजे मा प्रकासित


जनकपुरधाम । जनकपुरधामस्थित एक वृद्धलाई कुटपिट गरी उल्टै अभद्र व्यवहारको मुद्दा हालेर थुनामा राख्न लगाएको खुलेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १८ भोईलस्थित बस्ने अन्दाजी बर्ष ५५ को हेमन मण्डललाई सोही ठाउँ बस्ने स्थानीय विश्वनाथ चौधरीको छोरा अन्दाजी बर्ष ३१ को राजकुमार चौधरीले कुटपिट गरी उल्टै अभद्र व्यवहारको मुद्दा हालेको आरोप पीडित परिवारले लगाएको छ ।

गत साउन १४ गते साँझ करिब ७ बजेको समयमा भोईल चौकस्थित मण्डल र चौधरीबीच समान्य भनाभन हुँदा चौधरीले मण्डललाई थप्पडले हानेका थिए । सोही जवाफीमा मण्डलले पनि समान्य हात लगाएका थिए । उमेरको पनि ख्याल नगरेको भन्दै उनले पनि थप्पड हान्ने प्रयास गरेका थिए ।

पुरानो जमिनको रिसबीको जिल्ला प्रहरी कार्यालय धनुषामा मेलमिलाप र छलफलको लागि तारिख चलिरहँदा सोहीबीचमा चौधरीले मण्डललाई थप्पड हानेर उल्टै अभद्र व्यवहारको मुद्दा हालेको हो ।

मिटरब्याजी रहेका विश्वनाथ चौधरी र उनको छोरालाई प्रहरीसँग बलियो सम्बन्ध रहेकोले उल्टै थप्पड हानेर उनलाई अभद्र व्यवहारको मुद्दा दर्ता गरी थुनामा राख्न लगाएको हो ।

अभद्र व्यवहारको लागि कुनै प्रमाण नै पेश नभई मण्डलमाथि अभद्र व्यवहारको मुद्दा दायर गरिएको र प्रहरीले मुद्दा दायर गरेको आरोप पीडित परिवारको छ ।

मण्डलको साथै उनको श्रीमतिमाथि समेत अभद्र व्यवहारको मुद्दा हालिएको बताइएको छ । चौधरीले मण्डललाई थप्पड हान्दा उनको श्रीमति जिवछी देवी मण्डल खत्वे त्यहाँ नभएपनि फँसाउनको लागि उनको श्रीमतिमाथि पनि अभद्र व्यवहारको मुद्दा दायर गरिएको हो ।

सोही क्रममा हेमन मण्डलको भतिजोलाई समेत अभद्र व्यवहारको मुद्दा दायर गरिएको छ । उनको भतिजो अभिषेक कुमार मण्डल, उनकी आमा मिथिलेश देवी मण्डल, उनका बुवा सेवन मण्डलमाथि गरी ५ जनामाथि मुद्दा दायर गरिएको बताइएको छ ।

भनाभन हुँदा हेमनका भतिजो अभिषेक बाबाधाम (भारत) गएका थिए भने उनकी आमा र बुवा समेत घरमा नरहेको बताइएको छ । घरमै नरहेको तथा सो प्रकरणमा सँलग्न नै नरहेको व्यक्तिहरुलाई मुद्दामा प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया





Top