काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नुस् भन्दा पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई ५ दिन थुनामा राख्न अनुमति दिइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिनको म्याद दिएर उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालको इजलासले ५ दिनको म्याद थप गरेको हो।
ठमेलस्थित छाया सेन्टरमा बायोमेट्रिक दिन शुक्रबार पुगेका बेला त्यहाँको सुरक्षागार्डले आफूहरुलाई दुर्व्यवहार गरेको पर्यटनमन्त्री श्रेष्ठको भनाई छ।
श्रेष्ठले आफू मन्त्री हो भन्दा पनि सुरक्षागार्डले सबैलाई नियम बराबर हुने भन्दै लाइनबाटै आउन भनेका थिए।








प्रतिक्रिया