चन्द्रनगर गापा अध्यक्ष महतोले गरे विधालयमा छडके,अनुपस्थित कर्मचारीको हाजरीमा लगाए रातो कलम

मधेशपाटी अनलाइन     २०७९ भाद्र २२, बुधबार २१:३५ बजे मा प्रकासित


सर्लाही ।। सर्लाहीको चन्द्रनगर गाँउपालिकाको अध्यक्ष राजकुमार महतोले वार्ड न. ५ मोहनपुर स्थित श्री अरनिको आधारभुत विधालयमा छडके अनुगमन गरेको छ ।

विधालयका केही शिक्षक नियमित रुपमा अनुपस्थित हुने गरेको र विधालयमा कहिलेकाही आउदां अनुपस्थित भएका दिनका पनि हाजिरी गर्ने गरेको गुनासो सर्वसाधारण आएपछि आज अपरान्ह गाउँपालिका अध्यक्ष महतो आफै स्थलगत अनुगमन गरी छडके गरेको हुन ।

विधालयमा अनुपस्थित रहेर पनि हाजिरी गरेका आ आज छडकेको दिन पनि अनुपस्थित रहेका शिक्षकको बारेमा विधालयको प्रधानाध्यापक, अन्य शिक्षकहरु तथा स्थानीय अगुवाहरु सित छलफल गरी र वहांले पनि मौखिक रुपमा रुजु गरे पछि अध्यक्ष महतोले विधालयको कर्मचारी रजिष्टरमा अनुपस्थित दिनमा रातो कलम लगाएका हुन ।

उक्त दिनहरुको नियमानुसार तलब कटा गर्न गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा लेखापाललाई अध्यक्षले जानकारी गराएका थिए ।

उक्त विधालयमा विधार्थीहरुलाई टिफिन सम्म मात्र अध्यापन गराउने गरेकोले गर्दा विधार्थीहरु टिफिन पश्चात विधालय नआउने गरेको विगत दई वर्ष देखि रहेको विधालयका शिक्षकहरु तथा कार्यालय सहायक र स्थानीय अभिभावकहरुले गाउँपालिका अध्यक्ष समक्ष गुनासो समेत गरे

विधालयको पढाई लेखाई र सिकाईको अवस्था निकै दयनिय अवस्थामा रहेको त्यहांका अभिभावक तथा केही कर्मचारीहरुले गुनासो गरे ।

ती जनगुनासोलाई मध्यनजर गर्दै भोली देखि नै पुर्ण समय सम्म विधार्थीलाई अध्यापन गराउन निर्देशन अध्यक्ष महतोले दिए । साथै विधालयका विभिन्न पक्षहरुका सुधार गरी शिक्षाको गुणस्तरमा उल्लेखनीय सुधार गर्न शिक्षक, विधालय व्यवस्थापन समिती, वडा समिती, गाउँपालिका, अभिभावक तथा स्थानीय युवा बुुद्धिजिवीले आ आफनो जिम्मेवारी गम्भिरतापुर्वक निर्वाह गर्न अध्यक्ष महतोले आग्रह गरे ।

प्रतिक्रिया





Top