बालिका बेपत्ता प्रकरण : विद्यालय घर फर्किँदै गरेका तीन बालिका जनकपुरमा भेटेपछि

न्यूज डेस्क     २०७९ भाद्र २३, बिहीबार ०८:२७ बजे मा प्रकासित


जनकपुरधाम । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ७ का ७ देखि १० वर्षका तीन जना बालिका ७ घन्टापछि जनकपुरमा भेटियो ।

महोत्तरीको पिपरा गाउँपालिका ७ का ७ देखि १० वर्षका तीन जना बालिका भदौं २२ गते बिहान ११ बजेदेखि सम्पर्कविहीन थिए ।

विद्यालय सकेर घर फर्किँदै गरेका बालिका बाटोबाटै बेपत्ता भएका जनकपुर कसरी पुगियो अनुसन्धान भइरहेको जिल्ला प्रहरी धनुषाले जनाएको छ ।

पिपराका स्थानीयवासीहरूका अनुसार पिपरा गाउँपालिका ७ बनौलीका मुनिश चौधरीकी ८ वर्षीया छोरी आराधना चौधरी र पिपरा ७ बनौलीका दीपेन्द्र झाका दुई छोरीहरू ७ वर्षीया प्रज्ञा कुमारी र १० वर्षीया प्रियांशी कुमारी बेपत्ता भएका थिए ।

स्थानीयवासीहरुका अनुसार तीनै बालिका गाउँमै रहेको बाब्य सिट्टिङ इङलिस बोर्डिङ स्कुलमा पढ्छन् । प्रियांशीका पिता दीपेन्द्र झाले बालिकाको खोजी गर्दा नभेटेपछि पिपरा प्रहरी चौकीमा निवेदन दिएका थिए ।

प्रतिक्रिया





Top