महेश कु.राय। सबैला(धनुषा)। बोलबम मै सतोषर नगरी, बोलबम-बोलबम,हर-हर महादेव। सतोषरधाम स्थित रहेका श्री सप्तेश्वरनाथ महादेवको शिवालयमा जल चढाउन आवश्यक जल लिन भक्तजन बिहिवार रातिदेखि चारनाथ कमला नदीको संगममा जल लिन पुगेका छन्।
सूर्य दक्षिणको बाटो हिँड्न सुरु गर्ने साउन महिना र सोमबार शास्त्र अनुसार भगवान् शिवको महिना र बार भएकाले पूजा, आराधनाका लागि उत्तम समय भएको बताउँछन्। तर, जिल्लाको सबैला नगरपालिका वार्ड नं.९ कुशमाहा सतोषर स्थित रहेको श्री सप्तेश्वरनाथ महादेव मन्दिरमा भदौ महिनाको आनन्द चतुर्दर्शीको शुभ अवसरमा शिवालयमा जल चढाउनु परम्परा विगत ६०-६५ वर्षदेखि चल्दै आइरहेको स्थानीय राम उदगार यादवले बताउँछन।
पहेँलो पहिरनमा खाली गोडा शुद्ध जल कमला नदिको मुहानस्थलबाट लगी शिवालयमा चढाउँदा मनोकाङ्क्षा पूरा हुने विश्वास छ। बोलबमबाट इच्छाइएको कुरा प्राप्ति हुने धार्मिक विश्वासमा बालकदेखि वृद्धसम्म यो यात्रामा सहभागी हुने गरेका छन् । करिब १२ किलोमिटर लामो चारनाथ र कमला नदिको संगम स्थल(घाट) मा जल ल्याएर श्रद्धालु-भक्तजनहरु सतोषरधाम मेलामा सहभागी बनिरहेका छन् ।
बोलबम काँबरिया भक्तजनहरु ती दुई नदीको संगममा जल भरेपछि बरम्झिया- रघुनाथपुर-बरकुरबा हुँदै सबैला- गोबिन्दपुर हुँदै परिक्रमा सडकमा प्रवेश गरि सप्तऋषि बासस्थान सतोषर नगरी पुगेर बाबा श्री सप्तेश्वरनाथ महादेव मन्दिरमा जल चढाइन्छन।
पूर्वी धनुषा सहित अन्य विभिन्न स्थान र भारतको विहारवाट समेत प्रत्येक वर्ष हजारौं हजारको सँख्यामा काँवरियाहरु सतोषर महादेवमा जल चढाउने गरिन्छ ।
जल चढाउने श्रद्धालुहरु एक दिन अगावै बरमझिया पुगेर विश्राम गर्दै विहानै जल भरी सतोषर महादेवमा चढाउने गर्दै आएको छ ।
सतोषर पुग्ने क्रममा बोलबमका तिर्थालुहरुको भिड बाटोमा पर्ने रघुनाथपुर स्थित श्री हरिहरनाथ मन्दिरमा पनि लाग्ने गर्दछ ।
काँबरिया श्रद्धालु-भक्तजनहरुको लागि सांस्कृतिक प्रोग्राम साथै विभिन्न क्लब, संघसंस्थाहरुले सेवाका लागी खटिएका मेला समिति तथा वडा-अध्यक्ष मनिष कु.राय जनाएको छ।








प्रतिक्रिया