राधेश्याम कुशवाहा, सर्लाही ।। सर्लाहीका उपसभापति जितेन्द्र कुशवाहा को नेतुत्वमा जिल्लामा संचालित विभिन्न परियोजनाको अनुगमन गरिएको छ ।
वल्र्ड भिजन इन्टरनेशलको आर्थिक तथा प्राविधिक सहयोगमा वाग्मती सेवा समाज र आरआरपिके ले पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकामा संचालन गरेका विभिन्न परियोजनाहरुको अनुगमन गरिएको हो ।
जिल्लाका हरिपूर्वा नगरपालिका, पर्सा, चन्द्रनगर र बह्मपुरी गाउँपालिकामा अति जोखिममा रहेका बालबालिका, तिनका परिवार र समुदायमाझ बाल संरक्षण तथा स्पोन्सरसिप, बालमैत्री स्थानिय शासन, उत्पादनशिल जीविकोर्जान तथा पोषण विपद व्यवस्थापन सम्बन्धि आयोजनाहरु कार्यन्वयनमा रहेका छन ।
हरिपूर्वा नगरपालिका तथा पर्सा गाउपालिकामा विगतमा संचालन भएको विभिन्न तालिम, अति जोखिममा परेको वालवालिकालाई समाग्री वितरण, पालिका स्तरिय बालमैत्री तथा बाल संजाल गठन, विद्यालय पोषण तथा तालिम, किशोरीहरुलाई प्रजनन सम्बन्धि तालिम, घटना व्यवस्थापन तालिम लगायतका कार्यक्रम संचालनले बालबालिकाका शिक्षा, चेतना लगायत सम्रग विकासमा ठुलो मद्दत मिलेको आरआरपिकेका सिकाई परियोजना संयोजक नागेन्द्र साहले जानकारी दिए ।
अनुगमन कार्यक्रममा बोल्दै जिससका उपसभापति जितेन्द्र कुशवाहा ले राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थाले यस्ता कार्यक्रम ल्याएर सिकाईने र प्लेटफर्म निर्माण गरिने दिने मात्र हो, यसको निरन्तरता, संरक्षण र सम्बद्र्वनका लागि स्थानिय सरकार र विद्यालयले भूमिका खेल्नुपर्ने सुझाए ।
जिल्लाका अधिकांश जनप्रनिधिहरुले भवन तथा सडक निर्माण गरेर विकास गरेको दाबी गरिरहदा शिक्षा, स्वास्थ, समाजिक तथा मानव विकास नभएसम्म समग्र समाज र राष्ट्रको विकास नहुने र यस्ता विकासको कुनै औचित्य नहुने बताए ।
हाम्रो समाजमा विद्यमान बालविवाह, दाइजो प्रथा जस्ता समाजिक कुरीती तथा कुसंस्कारका कारण किशोरीहरु उच्च शिक्षाबाट बन्चित हुदै आएका छन । बल्र्ड भिजनले संचालनका गरेका यस्ता कार्यक्रमबाट यस्ता कुरीती र कुसंस्कारको रोकथाम तथा नियन्त्रण गर्न ठुलो मदत मिल्ने बताए ।
दाईजो तथा बालविवाहका कारण गरिब, दलित तथा विपन्न समुदायका बालबालिकाहरु उच्च शिक्षाबाट बन्चित हुदै आएको र यो एउटा ठुलो चुनौतीका रुपमा रहेका कारण बालविवाह गर्नेलाई समाजिक बहिष्कार गरी भोजभतेर कार्यक्रममा समेत सहभागिता नहुन र उनिहरुलाई कानुनी दायरमा ल्याउन जनप्रनिधिहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममा सहभागिबालबालिकाले यस्ता तालिम तथा कार्यक्रमहरुबाट हामी निकै नै प्रभावित भएको र अगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको निरन्तरताका लागि अपिल गरे ।
जिल्ला स्तरिय अनुगमनमा जिल्ला प्रशासन कार्यलय सर्लाहीका प्रमुख थानेश्वर गौतम, जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रमुख प्रविण पोखरेल, जिल्ला समन्वय समिती, सर्लाहीका उप सभापति जितेन्द्र कुमार कुशवाहा, आरआरपिके को अध्यक्ष गायत्री महतो, वागमती सेवा समाज नेपाल, सर्लाहीका अध्यक्ष भरत कुमार कार्की, श्री जनता मावि पर्साका प्रअ राजकिशोर राय, वडा ५ का वडाध्यक्ष अनिल कुमार यादव, बाल संजाल तथा संगठनमा आबद्व किशोरकिशोरी, जनप्रनिधि लगायत संचारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको हो ।








प्रतिक्रिया