जनकपुरधाम: वर्षेनि बोलबमको रौनक, कावरियाहरुको भिड

न्यूज डेस्क     २०७९ भाद्र २४, शुक्रबार १९:१२ बजे मा प्रकासित


महेश कु.राय,जनकपुरधाम । साउन महिना लागने बितिकै तराई मधेसमा बोल बमको लहर चढछ । तर भादाे शुक्ला चतुर्द्शीको दिन धनुषा जिल्लाको सबैला, सताेषरमा लागने बाेल बम मेला बेग्लै आक्रशन देखिन्छ ।

हिन्दू धर्मावलम्बीहरूले शिवको पुजा गर्नेछ । शिवको पुजा हरेक बर्ष यहा मनाइने गरिन्छ । भादाै चढेसँगै सबैलामा जताततै बोलबमको चहलपहल बढ्दो देखिन्छ । सबैला नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मनिष रायले बताए बिगत कालदेखि नै अाउदै गरेकोे बर्सेनि बाेलबम भादाै महिनाकाे अन्नद चतुर्द्शीकाे दिन बाेल बम गेरुवस्त्र धारण गरी नदी तथा कुण्डमा गई स्नान गरी त्यहाँबाट ल्याएको जल गाईको दूध, बेलपत्र शिव मन्दिरमा चढाइन्छ ।

कमला नदि बाट जल ल्याई “बोलबम” भन्दै यात्रा गर्दाको वातावरण बेग्लै देखिएको छ । हरेक साल बोलबम यात्रा गर्नेहरुको ठूलो भीड बरमझिया,रघुनाथपुर,बर्कुर्वा,सबैला, गाेबिन्दपुर,सताेखर समेत बोलबमय भएको छ ।

धनुषा जिल्लाकै एक प्रसिद्ध धार्मिक स्थलको रुपमा मानिने सप्तेशवरनाथ महादेव मन्दिर बोलबम यात्रा गर्ने यात्रीहरुको बढ्दो चहलपहलले खास गरेर सबैला र कुशमाहा (सताेखर) मा कावरियाहरुको भिड बढी देखिन्छ । सबैला नगरपालिकामा वर्षेनि बोलबम कार्यक्रमको आयोजना गरिदै आइएको छ । बरमझिया स्थित कमला नदीमा कावरियाहरु कमला नदीमा स्नान गरी जल लिएर आफ्नो बोलबम यात्रा तय गर्छन् ।

बोलबम यात्रामा युवायुवतीको आकर्षण पनि उत्तिकै छ । बाेल बम गर्न विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन् ।पछिल्लोे समय विभिन्न ठाउँहरुबाट बोलबम यात्राका लागि सबैला आउनेक्रम वृद्धि भएको छ ।

बाेलबम जाने वा फिर्ति हुने कबडीयाहरुको ठुलो भिड लागेको छ । चर्को घाममा नाङगो खुट्टा भगवान शिव जी लाई खुशि पार्न श्रद्धालुहरुले शिव मन्दिरमा जल चढाउन जल लिइ आउने र जल लिइ जाने कबडीयाहरुको भिड उतिकै देखिन्छ ।

स्थानीय सबैला बासिले कबडीयाहरुको स्वागतको लागि दिल खोलेर लागेको छ । चर्को घाममा नाङगो खुट्टाका भक्तजनहरूलाई शितल हुने पानिको व्यवस्था घाईते बमहरुलाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको छ ।

बाेलबममा भाकाल अनुसार काेहि पैदल त काेहि नाम डन्डवत त काेहि डाक बमकाे रुपमा सहभागी भएका हुन्छ । काँबरिया श्रद्धालु-भक्तजनहरुको लागि सांस्कृतिक प्रोग्राम साथै विभिन्न क्लब, संघसंस्थाहरुले बाटाेमै सेवाका लागी खटिएका मेला समिति तथा वडा-अध्यक्ष मनिष कु.राय बताएका छन ।

केही गाउका बुद्धिजीवी लगायत परिवारका समुदायले झाखि किरतण समेत बाेलबमकाे यात्रा मा सहभागि भएर मेलाकाे साेभा बढाइरहेको हुन्छ ।

प्रतिक्रिया





Top