विद्यालय जान निस्किए सँगै बेपत्ता भएका नेपालका तीन जना बालक भारत फेला परे

न्यूज डेस्क     २०७९ भाद्र २७, सोमबार ०७:०६ बजे मा प्रकासित


जनकपुरधाम। शुक्रबार विद्यालय जान निस्किए सँगै बेपत्ता भएका रुपन्देहीको बुटवलका तीन जना बालक भारतको मुम्बईमा फेला परेका छन् ।

बुटवल उपमहानगर पालिका वार्ड –११ न्यु दर्गानगर बस्ने वर्ष १४ का सागर पौडेल, वर्ष १५ का प्रदीप पन्थी र वर्ष १६ का समीर लम्साल मुम्बइबाट आफन्तको सम्पर्कमा आएका हुन् । बालकहरू भारतको मुम्बईमा भेटिएको सागरका मामा राजु पन्थीले जानकारी दिए ।

उनीहरू बुटवल–११ देवीनगरमा रहेको नवीन औद्योगिक कदर बहादुर स्कुलमा कक्षा ९ पढ्ने विद्यार्थी हुन् ।

शुक्रबार विद्यालय जान्छौँ भनेर हिँडेका बालकहरू सम्पर्कमा नआएपछि परिवारले खोजतलासको लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका थिए ।

प्रतिक्रिया





Top