मधेशको जनकपुरधाम आउँदै केपी ओलि, कम्तिमा ५ हजार जना एमाले प्रवेश गर्ने दावी

न्यूज डेस्क     २०७९ भाद्र २७, सोमबार १०:२९ बजे मा प्रकासित


जनकपुरधाम। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न प्रदेश मधेशको जनकपुर जाने भएका छन् ।

अध्यक्ष ओलीले नेपाली काँग्रेसका पूर्वमन्त्रीसहित नेताहरुलाई पार्टी एमालेमा स्वागत गर्न जनकपुर जान लागेको उनको सचिवालयले जनाएको छ।

उनी बिहान ११ बजे जनकपुर अवतरण हुने बताइएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता सन्तोषकुमार यादव र पूर्वमन्त्री अरविन्द साहसहित कम्तिमा ५ हजार जना एमाले प्रवेश गर्न लागेको बताइएको छ ।

स्थानीय तहको मत परिणाम हेर्दा मधेश प्रदेशमा नेकपा एमाले तुलनात्मक रुपमा कमजोर छ ।

 

प्रतिक्रिया





Top