जनकपुरधाम । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरधाममा २०५ किलोको माला लगाएर स्वागत गरिएको छ।
एमाले जिल्ला कमिटी धनुषाले जनकपुरधामकाे तिरहुतिया गाछीमा आयोजना गरेको जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा एमाले सचिव रघुवीर महासेठ, पोलिटब्यूरो सदस्य जुली महतो, जिल्ला अध्यक्ष राजकिशोर यादव लगायतका नेताले उनलाई स्वागत गर्नुभएको थियो।
उक्त कार्यक्रमबाट नेपाली कांग्रेसका नेता सन्तोषकुमार यादव र पूर्वमन्त्री अरविन्द साहसहित काङ्ग्रेस,माओवादी,मधेशवादी दलका करिब दस हजार नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।








प्रतिक्रिया