पैसाको लोभमा टिकट बेचे कांग्रेस पार्टी परित्याग नेकपा एमालेमा प्रवेश :सन्तोष यादव

न्यूज डेस्क     २०७९ भाद्र २८, मंगलवार ०६:५१ बजे मा प्रकासित


जनकपुरधाम । नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका सन्तोष यादवले कांग्रेसले आफूलाई अवमूल्यन गरेका कारण पार्टी परित्याग गर्नुपरेको बताएका छन् ।

जनकपुरको तिरहुतिया गाछीमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस धनुषाका पूर्व सचिवसमेत रहेका उनले नेपाली कांग्रेसले गुटबन्दी गर्नेहरुको मात्रै मूल्याङ्कन गर्ने गरेको आरोप लगाए ।

उनले सत्तारुढ गठबन्धन विचार बेगर स्वार्थी गठबन्धनमा सीमित भएको बताए । उनले नेकपा एमाले मुलुकमा लोकप्रिय पार्टी रहेको बताए ।
‘नेपाली कांग्रेसले सिटसमेत बेचबिखन गर्न लागेको छ, पैसाको लोभमा शीर्ष नेताहरुले टिकट बेचेर पुरानो नेता कार्याकर्तालाई पाखा लगाउने काम गरे, उनले भने, ‘त्यसैले मैले कांग्रेस पार्टी परित्याग गरेको हुँ ।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराएका छन् ।

प्रतिक्रिया





Top