धनुषा : आफ्नै बहिनीमाथि जबर्जस्ती करणीको प्रयास !

न्यूज डेस्क     २०७९ आश्विन १, शनिबार ०७:१० बजे मा प्रकासित


जनकपुरधाम । धनुषामा आफ्नै बहिनीमाथि जबरदस्ती जबर्जस्ती करणीको प्रयास भएको घटना बाहिरिएको छ । यो घटना धनुषाको सबैला नगरपालिकाको हो ।

आफ्नै बहिनि पर्ने काकाकी छोरीमाथि जवर्जस्ती करणीको प्रयास भएको घटना बाहिरिएको हो । गत बिहिबार धनुषाको सबैला नगरपालिका वडा नम्बर १० स्थित सिमरारीमा गंगा मंडलको छोरा बर्ष २२ को रबिन मंडलले आफ्नै काकाको छोरिमाथी जवर्जस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ परेका थिए ।

ईलाका प्रहरी सबैलाको मातहतमा रहेको खरिहानी चौकीका सहायक प्रहरी निरिक्षक एवं त्यही वडाका वडा सदस्य राम जुलुम मुखियाले जाहेरी दरखास्त पर्नु अगाबै चौकिबाट छुटाएको बताइको छ ।

बिहिबार बिहान लगभग १० बजेतिर भान्सा कोठामा एक्लै रहेकी बहिनिलाइ पछाडीबाट सुमसुम्यादै गरि घरभित्र जवर्जस्ती तान्ने क्रममा पिडितले चिच्याउन थालेपछी आमाले छोडाएर प्रहरीकोमा पुर्याइकी थिइन ।

यो घटना एकपटक नभई पटक पटक गरी तिनपटक गरिसकेको हुनाले अब कानुनी सहारा लिने पीडितकी आमाले बताएकी हुन् ।

आरोपित मंडललाइ घटनाबारे बुझ्दा आफुले पहिले देखि नै मन पराउदै आएको तथा ती केटि समेत आफ्नै पक्षमा रहेको र बिहे समेत गर्ने बताए।

आरोपित मंडल लागुऔषधमा संलग्न रहेका कारण यस्ता गतिबिधी गरेको हुन सक्ने एक स्थानियले जानकारी दिए।

आफू कहाँ कुनै प्रकारको प्रतिबेदन,निबेदन वा जाहेरी नआएकोले आफुले दुई चार घन्टा भन्दा बढी राख्ने नियम चौकिलाइ नरहेकोले वडा सदस्य मुखियाले जिम्मेवारी लिन आएको समय जिम्मेवारीमा छोडेको चौकिका प्रहरी सहायक निरीक्षकले बताए ।

प्रतिक्रिया





Top