लागूऔषध गाँजासहित धनुषाको सबैलाका दुईजना पक्राउ

न्यूज डेस्क     २०७९ आश्विन १, शनिबार १२:५७ बजे मा प्रकासित


धनुषा। प्रतिबन्धीत लागूऔषध गाँजासहित सर्लाहीबाट दुईजना पक्राउ परेका छन् । लालबन्दी नगरपालिका–१ स्थित सडकबाट ५ केजी अवैध लागूऔषध गाँजासहित शुक्रवार २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका–१२ का ४१ वर्षीय बिनोद महरा र ४२ वर्षीय राजाराम कापर रहेका छन्।

इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले प्र २–०२–००५२२०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

प्रतिक्रिया





Top