जनकपुरधाम। धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ पर्बता बस्ने बर्ष ५७ को वृद्ध पल्टु मण्डललाई पक्राउ गरिएको हो । एक महिलालाई बलात्कार गरेको भन्दै अदालतले पुष्टिसहित उनलाई १८ बर्ष जेल सजाय र २ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
गत बर्ष भदौ २५ गते अन्दाजी १२ः४५ बजेको समयमा सोही स्थान बस्ने एक महिलालाई जबरदस्ती करणी गरेको र गत कार्तिक ०३ गते जिल्ला सरकारी वकिल कार्यालय मार्फत धनुषा जिल्ला अदालतमा मिसिल पेश हुँदा उनलाई १८ बर्ष कैद र २ लाख रुपैयाँ जरिवाना सुनाएको थियो ।
मण्डललाई गत साउन ०६ गते धनुषा जिल्ला अदालतबाट १८ बर्ष जेल र २ लाख रुपैयाँ जरिवाना ठहर हुने गरि फैसला भएकोमा मण्डललाई खोजतलाश गर्दै जाने क्रममा मिति शुक्रबार प्रहरी चौकी उमाप्रेमपुर धनुषाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
आफ्नै घरमा लुकी छुपी वसेको अवस्थामा पक्राउ गरी मण्डललाई आवश्यक कार्वाहीको लागि धनुषा जिल्ला अदालतमा पेश गरेको जनाइएको छ ।








प्रतिक्रिया