जनकपुरधाम । सरकारले आजदेखि तीन दिनसम्म संविधान दिवस मनाउन सबैमा अपील गरेको छ । आठौँ संविधान दिवस मनाइँदैछ ।
नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष प्रवेश गर्ने लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ ।
आजदेखि तीन दिन देशभरि र विदेशमा रहेका नेपाली कुटनीतिक नियोग तथा निकायमा विभिन्न कार्यक्रमकासाथ मनाउने निर्णय गरिएको छ।
संविधान दिवसको अवसरमा भोली सोमबार सार्वजनिक विदा रहने भएको छ । प्रत्येक वर्ष संविधान दिवसमा सरकारले सार्वजनिक विदा दिँदै आएको छ ।
आजदेखि पर्सिसम्म तीनदिन कार्यक्रम हुनेछन् । २०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस मनाउने गरिन्छ ।
यसवर्षको संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समिति गठन भएको थियो ।








प्रतिक्रिया