मधेसमा बढ्दो डरलाग्दो दुर्घटना, दुई महिनामै ८१४ सवारी दुर्घटना

न्यूज डेस्क     २०७९ आश्विन ५, बुधबार ११:०९ बजे मा प्रकासित


जनकपुरधाम। मधेस  प्रदेशमा दैनिक १४ वटा सवारी दुर्घटनामा पर्ने गरेको एक तथ्यांकले देखाएको छ । दैनिक दुर्घटनामा  २४ जना मानिस घाइते हुने र एक जनाको मृत्यु हुने गरेको  तथ्यांकले देखाएको हाे । प्रदेशको आठ जिल्लामा दैनिक साना देखी ठुला १४ वटासम्म सवारी दुर्घटनामा पर्ने गरेको प्रदेश ट्राफिक कार्यालय पथलहियाको तथ्यांकले देखाएको छ।

यस आर्थिक वर्षको साउन र भदौमा मात्र प्रदेश भरी कुल ८१४ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परेर ४७ जना पुरुष,१ १ जना महिला तथा पाँचजना बालबालिका गरी ६३ जनाको मृत्यु भएको प्रदेश ट्राफिक ​ प्रहरी कार्यालय पथलहियाका सुचना अधिकारी डिएसपी लक्ष्मी भण्डारीले बताएका छन ।

त्यसै गरी उक्त दुर्घटनामा परेर एकहजार दुईजना पुरुष, दुई सय ७४ महिला तथा एक सय ३१ जना बालबालिका घाइते भएको सूचना अधिकारी भण्डारीले जानकारी दिएका छन । मधेश प्रदेशमा बढ्दो सवारीको संख्या, तीव्र गती, साँघुरो बाटो तथा चालकको लापरवाहीले सवारी दुर्घटना बढेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी शान्तीराज गुरुङले बताएका छन ।

प्रतिक्रिया





Top