जनप्रतिनिधि तथा कर्मचारीलाई गाली ग्लौज गरेपछी राजेन्द्र महतोको सालो पक्राउ

न्यूज डेस्क     २०७९ आश्विन ८, शनिबार ००:०६ बजे मा प्रकासित


७ असोज ।सर्लाहीको चन्द्रनगर गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई गाली ग्लौज गरेपछी पुर्व गाउँपालिका अध्यक्ष महेन्द्र महतोको सालो सहित केही व्यक्तिलाई ईलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महेन्द्र महतोको आफनै सालो हरिनायण महतो सुडी, संजित यादव लगायत अन्य व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

सुडी दिउँसै रक्सी खाएर अपरान्ह गाउँकार्यपालिकाको बैठक छेउमा गएर जनप्रतिनिधि तथा कर्मचारीहरुलाई गाली ग्लौज तथा अशब्द प्रयोग गरेका प्रत्यक्षदर्शी देन कुमार महतोले जानकारी दिए ।

आज भइरहेको चन्द्रनगर गाउँपालिकाको गाउँ सभाको बैठकमा रक्सी खाएर कर्मचारी तथा जनप्रनिधिलाई हात–पात गर्ने उद्देश्यले हुल बाँधेर गएको राजेन्द्र महतो सुडिको आफनै सालो र उपेन्द्र महतो सुडिको आफनै मामा हरि नारायण महतो सुडिले कर्मचारी तथा जनप्रनिधिलाई गाली गलौज तथा अपशब्द प्रयोग गरेको उनको भनाई थियो ।

गएको स्थानिय तहको चुनावमा राजेन्द्र महतोका जेठो दाई महिन्द्र महतो भारी मत अन्तरले पराजित भएपछि उनिहरुको ४५ बर्षदेखिको राणा शासन अन्त्य भएको थियो । समाजिक अभियन्ता यूवा नेता राजकुमार महतोसंग भारी मतअन्तरले विजयी भएपछि सुडिले लाजास्पद हार व्योहोर्नुपरेका थिए ।
लाजास्पद हारको रिसभी साध्ँन पूर्व गापा अध्यक्ष महेन्द्र महतो सुडीका सालो हरिनारायण ले गाउँपालिकामा आएर कर्मचारी तथा जनप्रनिधिमाथि गालीगलौज गरेको स्थानिय बताउछन ।

गाउँ– सभाको बैठकमा हरि नारायण महतो सुडिको नेतृत्वमा ४०–५० जना गुण्डाहरु लिएर गाउँसभा समेत विथोल्न खोजेको प्रत्यक्षदर्शीले बताए । रक्सी खाएर मातिएका हरिनारायण सुडीले गाउँपालिकामा ताल्चा लगाईदिने, अधिकृतलाई कुटपिट गर्ने सहित गाउँ कार्यपालिका सदस्यहरुलाई गालीगलौज गरेका थिए ।

लोकतान्त्रिक तथा कानुनी राज्यमा सभ्य रुपमा आफ्नो कुरा राख्नुपर्ने र चित नबुझे कानुनी बाटो खोज्नुपर्ने ठाउँमा सांसद राजेन्द्र महतो र ओपेन्द्र महतो को आडमा रक्सी आएर सार्वजनिक बैठकमा गाली गलौज तथा अभ्रद व्यवाहार गर्न खोज्नु कानुनी राज्यको खिल्ली उडाएको चेतनारायण मुखिया विनले बताए ।

कसैलाई पनि कानुन मिच्ने अधिकार नभएको र गल्ती गर्ने सुडीलाई कानुन अनुसारको कर्वाहीको माग समेत गरे ।

चन्द्रनगर गाउँपालिकाका कर्मचारी तथा जनप्रनिधिलाई गाली गलौज तथा अभद्र व्यवाहार गर्ने हरिनारायण सुडीलाई ईलाका प्रहरी केशरगन्जको हिरासतमा राखिएका छन ।

प्रतिक्रिया





Top