टिपर आतंक रोकिएन, सिधै घरमा ठोक्कियो

न्यूज डेस्क     २०७९ आश्विन ८, शनिबार १४:३६ बजे मा प्रकासित


जनकपुरधाम। चालकको लापरबाही होस् या गाडी गडबडीले प्रायः जसो दुर्घटना हुँदै छन्। चन्द्रागिरि नगरपालिका–१३, लामाचौरमा शुक्रबार राति सवारी चालक आशिष अर्यालले टिपर रोकेका थिए ।

ग्राभल लिएर आएको टिपर रोकेर उनी बाहिर निस्किएका मात्रै के थिए, एक्कासी टिपर आफैं गुड्यो । प्रहरी वृत्त, थानकोटका अनुसार प्रदेश ३–०१–००६०००८ नम्बरको टिपर अगाडि गएर सिधै घरमा ठोक्कियो ।

संयोगवस घरको तल्लो तलामा फेन्सी कपडा पसल मात्र थियो । त्यसैले मानवीय क्षति हुन पाएन । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया





Top