पूर्व मन्त्री `उमाशंकर अरगरिया´ नेकपा एमालेमा प्रवेश

न्यूज डेस्क     २०७९ आश्विन ८, शनिबार १६:५६ बजे मा प्रकासित


 

धनुषा। शनिबार धनुषाको बिदेह नगरपालिका तिनकौरियामा नेपाल कम्युनिष्ठ पार्टी एमालेले आयोजना गरेको कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्व मन्त्री उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गरेका छन। पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नेता अरगरियालाई पार्टीमा स्वागत गरे ।

०७४ मा धनुषा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट अरगरिया निर्वाचित भएका थिए ‌। पछि लोसपामा पुगेका अरगरिया ओली नेतृत्वकै सरकारमा पर्यटन मन्त्री बनेका थिए ।

१४ हजार बढी मतान्तरले निर्वाचन जितेको अरगरिया आफ्नो क्षेत्रमा प्रभावशाली नेता मानिन्छन् । उनले आफ्नो क्षेत्रबाट लोसपाका अधिकांश नेता लिएर एमालेमा पुगेका छन् ।

प्रतिक्रिया





Top