दशैको मुखमा बस दुर्घटना: बस र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, ३१ घाइते

न्यूज डेस्क     २०७९ आश्विन ९, आईतवार ०६:५० बजे मा प्रकासित


जनकपुरधाम। काठमाडौबाट आइरहेको बस दुर्घटना हुँदा एकको मृत्यु भएका छन्। उक्त घटना कपिलवस्तुमा भएको हो।  दुर्घटनामा गम्भीर घाइते एक महिलाको उपचारको क्रममा तौलिहवामा मृत्यु भएको हो । उनको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मीनबहादुर घलेले जानकारी दिए ।

जिल्लाको वुद्धभूमि नगरपालिका-९ र ४ को सीमामा शनिबार दिउँसो काठमाडौंबाट दाङ जाँदै गरेको ना ७ ख ५९५९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ५६६५ नम्बरको ट्रक ठोक्किएका थिए ।

दुर्घटनामा ३१ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइतेमध्ये २० जनाको गोरुसिंगे र ११ जनाको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top