अर्जुन खत्री फर्साटिकर,रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न.४ मा अवस्थित मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित ३ दिने निशुल्क स्वास्थ्य सिविर सकिएको छ।
शिविर अवधीभर १हजार ७ सय जना सेवाग्राहीहरुले सेवा प्राप्त लिएका छन।
जसमध्ये महिला तथा स्त्रीरोग ५१३ जना,नाक,कान,घाटी १८५ जना ,छालासम्बन्धि ७२ जना, आखासम्बन्धी १०५ जना ,हाटजोर्नीसम्बन्धी १२५ जना ,फिजिसियन सम्बन्धि ४४१ जना ,भिडियो एक्सरे २२७ जना, एक्सरे २२६
जना ,ल्याबसम्बन्धी २०६ जना र इसिजी १०३ जनाले सेवा लिएको ससस्त्र प्रहरी उपरीक्षक डाक्टर सौजन्य कर्माचार्यले जानकारी दिइन।
यसैगरी ६०० जनाले महिला स्वास्थ्य जनचेतनामुलक क्यान्सर सिक्रनिङ कार्यक्रममा सहभागी भएका थिए ।
समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देही प्रमुख उमाकान्त चापागाईले शसस्त्र प्रहरी बल सहित स्वास्थ्यकर्मी आवस्यक पहलकदमी गर्ने सबैलाई लाई धन्यवाद व्यक्त गर्नुभयो ।सिविरहरुबाट विभिन्न रोगरुबाट ग्रसित विरामिहरुले लाभान्वित भएको जिकिर गर्नुभयो ।
गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले ३ दिने स्वास्थ्य शिविर आयोजना गर्ने ससस्त्र प्रहरी बल सहजिकरण गर्ने गृहमन्त्री बालकृष्ण खाण लगायत स्वास्थ्यकर्मी लगायत सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो।
उहाले निशुल्क शिविरले शुद्धोधनबासिमा मात्र नभइ छिमेकी पालिकाहरु सियारी,तिलोत्तमा,गैडहवाका स्थानियका स्वास्थ्य सुबिधाको लाभ लिएको बताउनुभयो ।
यस्तै शुद्धोधन गाउपालिका प्रवक्ता,वडा न.४ अध्यक्ष तथा अस्पताल अध्यक्ष केशब अधिकारीले सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोग अपेक्षा राखेको बताउनुभयो ।
उहाले अस्पताल २ वर्ष भित्रमा सुबिधासम्पन्न गुणस्तरीय अस्पतालको रुपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो।
यस्तै शिविरको दोस्रो दिन नेपाल सशस्त्र प्रहरी बल बिपत व्यवस्थापन समिति मार्फत १२ थान व्हीलचियर शुध्दोधन गाउँ पालिका ५ को वडा कार्यालयबाट दुई थान व्हीलचियर र ७ थान बैशाखी विभिन्न अपांगहरुलाई एक समारोहबीच वितरण गरिएको मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष केशव अधिकारीले वताउनु भयो।
त्यसै अवसरमा रिलायन्स फाइनन्स लिमिटेडको मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई २६ लाख रुपैया बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ।
निशुल्क स्वास्थ्य शिविरमा ससस्त्र प्रहरी उपरीक्षक वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर सौजन्य कर्माचार्य ,नाक कान घाँटी विशेषज्ञ डाक्टर सुन्दर ढुंगाना ,जनरल फिजिसियन डाक्टर अपुर्ब श्रेष्ठ ,रेडियोलोजिस्ट डाक्टर सुमन लामिछाने, एमबीबीएस डाक्टर आलेख दाहाल ,डाक्टर बरुन साहनी ,डाक्टर पिन्की यादव लगायतको विशेषज्ञ टोलि खटिएका थिए ।
कार्यक्रम नेपाल सरकार गृह मन्त्रालय र सहस्त्र प्रहरी बल नेपाल (एपिएफ) अस्पतालको आयोजना ,नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाडको सहजीकरण ,शुद्धोधन गाउँपालिकाको समन्वय ,मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रको सह आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।








प्रतिक्रिया