महेश कु.राय, जनकपुरधाम। दसैँको अवसरमा जनकपुरधामको शक्तिपीठ राजा जनकको कुल देवताको रूपमा रहेको प्रसिद्ध राजदेवी मन्दिर दुल्हीझैँ सिँगारिए-सजिए जस्तैः दोस्रोमा सबैलाको माँ भगवती दुर्गा भवानीको मन्दिर यतिबेला रङ्गरोवन सहित झिलिमिली लाईटहरुले सिँगारिएका छन्, संगै नेपाल सहित छिमेकी मुलुकका माता रानीको दरबारमा दर्शन तथा पूजाका लागि लाखौं लाख श्रद्धालुभक्त नवरात्र हेर्न आउने गर्छन।
त्यस्तै, जिल्लाकै दोस्रो समेत मानिएका प्रसिद्ध शक्तिपीठ माँ दुर्गा भवानीको अनन्तकालदेखि नै सबैला नगरबासिले विधिवत रूपमा पुजा-अर्चना गर्दै आइरहेका छन्। माता रानीप्रति बिश्वास जनधारणा सबैलाबासी लगायत, मनोकामना इच्छा,अकांक्षा पूरा गर्दै सम्पुर्णलाई अनुकम्पणिय थाहै भएका होलान्। मिथिलानि पर्व चौठिचन व्रत प्रातह बजरंगबली माँ भगवतीको द्वार(मुल गेट) पाल अर्थात् सेनापती स्थापन हुन्छन् भन्ने पुजारी भागेश्वर मिश्रले बताउँछन्।
दशैंको घटस्थापन दिन तराई-मधेश लगायत विभिन्न सबैला लगायत ठाँउ ठाँउहरुमा कलश शोभा यात्रा निकालिएको हो, कलश स्थापन संगै विधिवत रुपमा नवरात्र सुरुवात भएको हुन्छन्। श्री दुर्गा भवानी मन्दिरको प्राङ्गणबाट बाँजागाँजासहित निकालिएको कलश यात्राले वडाका बिभिन्न भागको परिक्रमा गदै सतोषरधाम स्थित रहेको श्री सप्तेश्वर महादेव मन्दीरकै अगाडि अवस्थित सतोखरी(कुण्ड-तलाउ) मा कलशमा जलभरेर पुनः दुर्गा मन्दिरमा स्थापित गरिने कार्यक्रम सदियों देखी चलिरहेका मेला आयोजकले बताएका छन्।
अष्टमी देखि दशमी सम्म बोकाबली प्रदान हुने, घटस्थापना देखिनै मेला सुरु भई सप्तमी देखि एकादशी सम्म मेला लाग्ने भएकाले सवैलाको मेला प्रसिद्व रहेको समितिले बताए ।
माँ दुर्गालाई पुजा पाठ र भाकल गरे मनोकामना अवयश्क पुरा हुने श्रद्धा र विश्वास व्याप्त रहेको र घटस्थापना देखिको पुजापाठ र मेला मात्र नभई एकादशीका दिन दुर्गे भवानीको भसौनी कार्यक्रम सदियोदेखि हुँदै आइरहेका सतोखर कुण्डमा लाखौंको भिडभाड समेत मेलाको थप आकर्षण बढाउने गरेको आयोजक प्रतिष्ठानका सचिव नथुनि यादव (हरेराम)को भनाई छ ।
मेलामा आकर्षक पहलमानी, सांस्कृतिक झल्काउने नाचप्रोग्राम, खेलकुद सहितका गतिविधीले थप रोचकता बढाएको हुन्छ ।








प्रतिक्रिया