सबैलामा दशैंको पहिलोदिन दुल्ही झैँ सिँगारिएको राैनक (तस्बिरहरु)

न्यूज डेस्क     २०७९ आश्विन १०, सोमबार २०:४४ बजे मा प्रकासित


शम्भु पण्डित ,धनुषा । जनकपुरधाममा दसैँको पहिलो दिनदेखि नै रौनक बढेको छ । श्री श्री १०८ श्री माँ दुर्गा भवानी प्रतिस्ठान सबैला मन्दिर अन्य शक्तिपिठहरु दुल्ही झैँ सिँगारिएको छ ।

 

 

दसैँमा श्रद्धालुको केन्द्र बिन्दुको रुपमा रहेको श्री श्री १०८ श्री माँ दुर्गा भवानी प्रतिस्ठान सबैला मन्दिर दिहवारस्थान लगायतका शक्तिपिठहरुलाई सजाइएको हो । दसैँको पहिलो दिनदेखि सबै मन्दिरहरुमा पूजापाठ गर्नका लागि श्रद्धालु भक्तजनको भिड लागेको हो । श्री श्री १०८ श्री माँ दुर्गा भवानी प्रतिस्ठान सबैला मन्दिर अध्यक्ष बिरेन्द्र जयसवालले प्रत्येक वर्ष झै यस वर्ष पनि मन्दिरमा राम्रो सरसजावट गरिएको बताए । उनले यस सरसजावटका लागि लाखाैभन्दा बढी खर्च भएको बताए ।

यस्तै श्रद्धालु भक्तजनको सुरक्षाका लागि विभिन्न स्थानमा सिसिक्यामेर जडान गरिएको हो ।

प्रतिक्रिया





Top