धनुषाबाट दुईजना ब्राउन सुगरसहित पक्राउ

न्यूज डेस्क     २०७९ आश्विन ११, मंगलवार ०९:३५ बजे मा प्रकासित


जनकपुरधाम । धनुषामा दुई जना ब्राउन सुगरसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विदेह नगरपालिका १ महिनाथपुरबाट एक जना युवक र एक जना युवती पक्राउ परेका छन् ।

१६.८५ ग्राम ब्राउन सुगरसहित सिरहाको कर्जनहा नगरपालिका २ बन्दीपुर छगरियाका २३ वर्षीय महादेव मण्डल र १९ वर्षीया अस्मिता खत्री पक्राउ परेका छन् । उनीहरु स ६ प ८०८६ नम्बर प्लेटको मोटरसाइकलमा सवार भइ भारतबाट नेपालतर्फ आइरहेका थिए । प्रहरीलाई शंका लाग्दा चेकजाँच गरेको थियो । मण्डलले लगाएको मोटरसाइकलको हेलमेटको भित्रि भागमा कालो प्लास्टिक भित्र लुकाइ छिपाइ ब्राउन सुगर राखेका थिए ।

प्रहरीले उनीहरुको साथबाट दुई थान मोबाइल, मोटरसाइकल र ब्राउन सुगर बरामद गरेको छ । उनीहरु भाग्न सक्ने कारण तत्काल प्रहरीले पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिइएको थियो । प्रहरीले घटनास्थलमै स्थानीयको रोहबरमा मुचुल्का गरी इलाका प्रहरी कार्यालय खजुरी पठाएका थिए । उनीहरु माथि लागूऔषध सम्बन्धी मुद्दा चलाइने बताइएको छ ।

प्रतिक्रिया





Top