मिथिला नगरपालिकामा मेयर र उपमेयरको विवादले कार्यपालिका बैठक ठप्प

न्यूज डेस्क     २०७९ आश्विन ११, मंगलवार १५:३१ बजे मा प्रकासित


जनकपुरधाम, असोज ११ गते । धनुषाको मिथिला नगरपालिकामा मेयर र उपमेयरको विवादका कारण कार्यपालिका बैठक रोकिएको छ ।

 

करारका कर्मचारी हटाएको विवादले बैठक नबस्दा चालु आर्थिक वर्षमा पालिकाले अघि बढाउन खोजेका योजना पनि थन्किएका छन् ।

पालिकामा २ सय २० जना कर्मचारी करारमा कार्यरत थिए । तीमध्ये ९ जनाको करार अवधि नथपिएपछि विवाद सुरु भएको हो । अवधि नथपिएकामा इन्जिनियरदेखि कार्यालय सहायक पदसम्मका कर्मचारी छन् ।

 

उपप्रमुख सुनिता सिंह बुढाथोकीले उनीहरूको करार अवधि थप्नुपर्ने अडान राख्दै बैठक रोकेकी हुन् ।

राजनीतिक आस्थाकै आधारमा उनीहरूलाई निकालिएको बुढाथोकीको भनाइ छ । तर, नगर प्रमुख महेन्द्र महतोले काम गरिदिएबापत सेवाग्राहीसँग अतिरिक्त पैसा लिने गरेको जनगुनासोको आधारमा ती कर्मचारीको करार अवधि नथपिएको दाबी गरे ।

प्रमुख महतो कांग्रेस र उपप्रमुख बुढाथोकी एमालेबाट निर्वाचित भएका हुन् । पालिकामा बहुमत एमालेकै रहेको छ ।

प्रतिक्रिया





Top