यी हुन आफ्नै ४ वर्षीय भतिजोलाई फलामे रड प्रहार गरी हत्या गर्ने

न्यूज डेस्क     २०७९ आश्विन १४, शुक्रबार ०८:१२ बजे मा प्रकासित


मधेसपाटी, जनकपुरधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा फलामे रड प्रहार गरि ४ वर्षीय बालकको हत्या भएको छ ।
स्थानीय किसन पासवानका ४ वर्षीय छोरा अनुप पासवानको हत्या भएको हो ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर बुधबार दिउँसो ३ बजेको समयमा आफ्नै काका २८ वर्षीय रवि पासवानले रडले प्रहार गरेपछि बालकको मृत्युु भएको हो ।

रडले प्रहार गरेपछि बालक गम्भीर घाइते भएका थिए । स्थानीय स्तरमै उपचारको क्रममा आधा घण्टा भित्रै बालकको भएको डिएसपी क्षेत्रीले बताए ।

घटना लगत्तै काका रविलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका हिरासतमा राखेर घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए ।
मानसिक सन्तुलन विगरेको रबि पासमान घर भित्र कोइ नभएको बेला हत्या गरी आफै प्रहरी चौकीमा पुगेको प्रहरीले जनाएको छ ।

मानसिक सन्तुलन विग्रेको रवि यसअघि एक बाख्रा र एक कुकुरलाई समेत धारिलो हतियार प्रहार गरी मारेको बताईएको छ ।

यता, ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक वेचन यादवका अनुसार यो विषयमा अनुसन्धान भइरहेको जनकारी दिए ।

खल प्रहारबाट गम्भिर घाईते भएका अनुसको उपचारको क्रममा महेन्द्रनगरस्थित नै मृत्यू भएको जनाइएको छ । रविलाई पक्राउ गरी अनुसन्धान थालिएको हो ।

प्रतिक्रिया





Top