जसपाका केन्द्रीय सदस्य मण्डल जनमतमा प्रवेश

मधेशपाटी अनलाइन     २०७९ आश्विन १४, शुक्रबार २२:२९ बजे मा प्रकासित



जनकपुरधाम,१४ असोज।जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य सुरेन्द्र कुमार मण्डलले जनमत पार्टीमा प्रवेश गर्नुभएको छ।

उहाँलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले अबिर र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो।

नेता मण्डल धनुषा निर्वाचन क्षेत्र नं.१ मा प्रतिनिधि सभा सदस्यमा जनमत पार्टीबाट चुनाव लड्ने पार्टीका एक नेताले जानकारी दिनुभएको छ।यसअघि संविधान सभाको चुनावसमेत लड्नु भएको थियो।

प्रतिक्रिया





Top