मधेसपाटी डेस्क, जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय धनुषाले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ ।
शुक्रवार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले कार्तिक ५ गतेभित्र नजिकको प्रहरी इकाईमा लगत राख्ने गरी हातहतियार बुझाउन अनुरोध गरेको हो ।
चुनावलाई भरपर्दो र विश्वसनीय बनाउनका लागि जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।
निर्धारित समयभित्र हातहतियार नबुझाए कानून बमोजिम कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीद्वारा जारी सूचनामा भनिएको छ ।
प्रतिक्रिया