कपिलवस्तु, असोज २०
जिल्लाको कृष्णनगर लगायत विभिन्न स्थानमा माता दुर्गा भवानी को मूर्ति विजया दशमीको दिन प्रहरीको कडा सुरक्षाको साथ नदी, ताल र पोखरीमा मूर्ति विसर्जन गरिएको छ ।
कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहको अगुवाईमा आज कृष्णनगर बजारको मूर्ति विसर्जन शान्तिपूर्ण तरिकाले कडा सुरक्षाका साथ मूर्ति विसर्जन गरिएको छ l
आज मौसम प्रतिकूल भए पनि भक्तजन हरू नाचगानका साथ मूर्ति लाई कृष्णनगर बजार परिक्रमा गराई मूर्ति विसर्जन गरेका छन् l पानी परीरहदा समेत भक्तजन हरूको उत्साहजनक सहभागिता रहेको देखियो l
दुर्गा माता , गणेश भगवान् , लक्ष्मी माता , सरस्वती माता र राक्षस लगायतको मूर्ति निर्माण गरेर नौ दिन सम्म धर्मशास्त्र अनुसार पुजापाठ गरी विजया दशमी को दिन आज मूर्ति विसर्जन गरिएको हो ।
तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले दुर्गा माता को विशेष पूजापाठ , नौ दिन व्रत बसेर , र पूजापाठ गरेर हिन्दु धर्मावलम्बीहरू को महान् चाड को रूपमा मनाउने परम्परा पहिले देखि चली आएको पाइन्छ ।
कृष्णनगरमा बजार क्षेत्र हुदै जाने १८ स्थानका मूर्तिहरु रहेको तथा आफूहरु सुरक्षा दिइ शान्तिपूर्वक मूर्ति विसर्जन भएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख शैलेन्द्र पाण्डेले जानकारी दिए l
कृष्णनगमा मूर्ति विसर्जन को क्रममा वडाध्यक्ष कृष्ण कुमार गुप्ता, नेपाल प्रहरी , सशस्त्र प्रहरी, जनप्रतिनिधि , समाजसेवी , बुद्धिजीवी , हिन्दु भक्तजन हरुको वृहत सहभागितामा मूर्ति विसर्जन गरिएको थियो ।








प्रतिक्रिया