दसैँको मुखमा मधेसमा सवारी  दुर्घटनामा २८ जनाले ज्यान गुमाए

मधेशपाटी अनलाइन     २०७९ आश्विन २१, शुक्रबार २०:३८ बजे मा प्रकासित


मधेसपाटी डेस्क,जनकपुरधाम। दसैँको मुखमा मधेस प्रदेशमा विभिन्न सवारी दुर्घटनामा परेर २८ जनाले आफ्नो ज्यान गुमाएका छन् ।

असोज १५ गतेदेखि २० गतेको अवधिमा मधेशको विभिन्न जिल्लामा १६२ वटा सवारी दुर्घटना हुँदा ३१३ घाइते भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए ।

शनिवारदेखि बिहिबारसम्ममा भएको सवारी दुर्घटनामा १५ जना पुरुष, ९ महिला र ४ बालबालिकाको मृत्यु भएको छ ।

यस्तै ३१३ जना घाइते भएका छन् । घाइतेहुनेमा २०८ जना पुरुष, ५३ महिला र ५२ बालबालिका रहेका छन् ।
बारामा सबैभन्दा बढी २० जनाले आफ्नो ज्यान गुमाएका छन् । जसमा १० जना पुरुष, ८ जना महिला र २ जना बालबालिका रहेका छन् । यस्तै दुर्घटनामा परेर ५० जना घाइते भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै रौतहटमा ३, महोत्तरीमा २, सिरहा, धनुषा र सर्लाहीमा १÷१ जनाले सवारी दुर्घटनामा परेर आफ्नो ज्यान गुमाएका छन् ।

प्रतिक्रिया





Top