एमालेका १२ उम्मेदवार स्वतन्त्रका नाममा बागी

न्यूज डेस्क     २०७९ आश्विन २४, सोमबार १२:१६ बजे मा प्रकासित


जनकपुरधाम । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा टिकट नपाएपछि प्रमुख राजनीतिक पार्टीमा बागी उम्मेदवारको बाढी लागेको छ ।

त्यसमध्ये नेकपा एमालेका आधिकारिक उम्मेदवारविरुद्ध प्रतिनिधि सभातर्फ नौ तथा प्रदेश सभातर्फ तीन जनाको स्वतन्त्रका नाममा बागी उम्मेदवारी परेको हो ।

 

कहाँ कसको बागी ?
दाङ १ः शान्ता चौधरीविरुद्ध गंगा सत्गौवा
रुपन्देही ५ः खिमलाल भट्टराईविरुद्ध बासुदेव घिमिरे
रुपन्देही १ः छविलाल विकविरुद्ध घनश्याम भुसाल
कास्की ३ः दामोदर बैरागीविरुद्ध जगन्नाथ बास्तोला
स्यांजा २ः पद्मा अर्यालविरुद्ध कपिलदेव न्यौपाने
काठमाडौं ७ः एमाले समर्थनका राजेन्द्र श्रेष्ठविरुद्ध रामवीर मानन्धर
रौतहट ३ः प्रभु साह एमालेको टिकट छाडेर बागी
दैलेख १ः रवीन्द्रराज शर्माविरुद्ध गोपाल नेपाली
सर्लाही १ः जसपा एमाले गठबन्धनका प्रमोद साहविरुद्ध मानबहादुर खड्का

प्रदेशतर्फः
धादिगः (क) रमेश आचार्यविरुद्ध नेत्रराज पौडेल
बाजुराः (क) लालबहादुर थापाविरुद्ध सहदेव बोगटी
सुर्खेतः (ख) डण्डीप्रसाद शर्माविरुद खड्क बहादुर खत्री

प्रतिक्रिया





Top