धनुषा-१: तिनैजना बिच त्रिकोणात्म प्रतिस्पर्धा

न्यूज डेस्क     २०७९ आश्विन २४, सोमबार १३:०० बजे मा प्रकासित


मधेसपाटी डेस्क, जनकपुरधाम। अगामि मसिंर ४ गते हुने प्रतिनिधी र प्रदेशसभाका लागि धनुषाको चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । दलबलका साथ धनुषाको चारवटै निर्वाचन क्षेत्रमा निर्धारित निर्वाचन केन्द्रमा दल र स्वतन्त्र उम्मेदवारहरुले आ–आफनो मनोनयन पत्र दाखिला गरेका हुन ।

धनुषा निर्वाचन क्षेत्र नं. १ मा सत्तागठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार पुर्वमन्त्री मातृका प्रसाद यादवले उम्मेदवारी दिएका छन भने एमाले जसपा गठबन्धनबाट जसपाका दिपक कार्कीले उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा एमालेले टिकट नदिएपछि एमालेका उम्मेदवारका रुपमा चर्चामा रहेका हालका प्रदेश सांसद र पार्टीको सचेतक किशोरी साह कमल एमाले परित्याग गरि जनमत पार्टीबाट उम्मेदवार बनेका छन् । उनीहरु तिनैजना बिच त्रिकोणात्म प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रमा यस अघि २०७४ सालको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार यादवले चुनाव जित्दा कार्की निकटतम प्रतिद्वन्द्वका रुपमा रहेका थिए ।

प्रतिक्रिया





Top